भारतमा साढे दुई महिना लामो मतदान सकियो, नतिजा जुन ४ मा घोषणा हुने

काठमाडौं । भारतमा लोकसभाका सबै ५४३ सदस्यहरू चुनावको लागि १९ अप्रिलदेखि १ जुन २०२४ सम्म सात चरणमा आम निर्वाचन सम्पन्न भएको छ । करिव साढे एक महिना लामो निर्वाचनको मतदान प्रक्रिया शनिवार साँझ ६ बजे सकिएको हो ।

संसदीय निर्वाचनमा बहुमत प्राप्त गर्ने राजनीतिक दल वा राजनीतिक दलहरूको गठबन्धनले अर्को सरकार गठन गर्ने मौका पाउँनेछ ।

मतगणना जुन ४ तारिकमा हुनेगरी अन्तिम नतिजा भारत निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्