मनकामना स्मार्ट लघुवित्तको बोनस सेयर पाउन पहिला कर तिर्नुपर्ने

काठमाडौं,२० जेठ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीले बोनस सेयर पाउनका लागि कर तिर्नुपर्ने भएको छ । कम्पनीले सूचना जारी गरी २०७७/७८ को नाफाबाट वितरण गरिएको १७ प्रतिशत बोनस सेयरमा कर तिर्न अनुरोध गरेको हो ।

सेयरधनीले यस संस्थाको सेयर रजिष्टर्ड एनएमबि क्यापिटल सम्पर्क गरी कर बापतको रकम एनएमबि बैकमा रहेको मनकामना स्मार्ट लघुवित्तको खाता नम्बर ०७८००६६१२८३०००१२ मा उक्त रकम जम्मा गर्नु पर्नेछ ।

साथै, बोनस सेयरमा लाग्ने करको विवरण एनएमबि क्यापिटलको वेवसाइटबाट पनि प्राप्त गर्न सकिनेछ । कर जम्मा भएपछि मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा बोनस जम्मा हुनेछ । कर रकम जम्मा गरेको भौचर यस संस्थाको इमेलः [email protected] मा पठाउन लघुवित्तले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्