नेपाल लाइफ इन्स्योरेन्सले आकर्षक लाभांश घोषणा

काठमाडौं,२० जेठ । नेपाल लाइफ इन्स्योरेन्सले आकर्षक नगद लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले गत आ.व. २०७९/८० को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो ।

नेपाल लाइफ इन्स्योरेन्सको आइतवार बिहान बसेको सञ्चालक समिति बैठकले हालको चुक्ता पूँजिको करसहित २१।०५% नगद १ अर्ब ७२ करोड ८९ लाख ९२ हजार ९०० रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल बिमा प्राधिकरण र इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्