नेपाल वेयरहाउजिङको ६८ हजार कित्ता सेयरको लकइन अवधि सकियो
काठमाडौं,२० जेठ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको लकइन पिरियड शनिबारदेखि सकिएको छ ।
कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँ बराबरको ६८ हजार ७ सय ५० कित्ता सेयरको लकइन अवधि जेठ १९ गते समाप्त भएको हो ।
कम्पनीले आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ गत मंसिर २० गते बाँडफाँड गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्