पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
दमौली,२० जेठ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक खसेको पहिरो कारण दमौली–डुम्रे खण्डमा यातायात अवरुद्ध भएको छ ।
मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तो खस्दा सडक अवरुद्ध भएको जि.प्र.का.तनहुँले जनाएको छ । शनिबार राति ७ बजे पहिरो खसेर अवरुद्ध भएको थियो ।
सो खण्ड पहिरो हटाएर राति १२ बजेदेखि सञ्चालनमा आए पनि आज बिहानै पुनः पहिरो खसेपछि राजमार्गको यो खण्ड पुनस् अवरुध भएको हो । पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्