त्रि.वि.को जग्गा खोज्न समिति गठन
काठमाडौं, १८ जेष्ठ। काठमाडौँ उपत्यकाभित्र रहेको त्रिभुवन विश्वविद्यालयको जग्गा अध्ययन अनुसन्धान गर्न सरकारले समिति गठन गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले विश्वविद्यालयको नाममा रहेका जग्गाबारे अध्ययन गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिमा पूर्व सहसचिवद्वय महेन्द्रकुमार थापा, जानकीबल्लभ अधिकारी, विज्ञ सदस्य प्रा.डा. प्रेमसागर चापागाईं र शिक्षा मन्त्रालयका उपसचिव सदस्य सचिव रहेका छन् ।
समितिले पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रको जग्गाको अध्ययन अनुसन्धान तथा छानबिन एवम् भवन लगायत अन्य अचल सम्पत्तिको खोज लगत सङ्कलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्