एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र ने.का. सभापति शेर बहादुरको भेटले गठबन्दन दलमा तरङ्ग
काठमाडौं,१८ जेठ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र ने.का. सभापति शेर बहादुरको भेटले गठबन्दन दलमा तरङ्ग पैदा गरेको छ । यो भटलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका कारण सत्ता गठबन्धनमा कुनै समस्या नआउने बताएका छन् ।
बजेटबारे छलफल गर्न शुक्रबार बसेको माओवादी संसदीय दल बैठकमा सांसदहरूले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दौडधुपबारे विशेष ासो राखेका थिए । अध्यक्ष नेपाल बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा भएको बैठकमा सहभागी भएका थिए ।
प्रधानमन्त्री पुष्प कमल दाहालले भने आफूसँग परामर्श गरेर नै नेता नेपाल बूढानीलकण्ठको छलफलमा गएको बताएका छन् । उहाँ सल्लाह गरेर जानु भएको हो । भेटकै कारण गठबन्धनमा केहि तलमाथि हुन्न भन्दै सहयोगी दलका बिश्वस्त गराएका छन् ।
प्रधानमन्त्रीले बजेटको पक्षमा उभिन सांसदहरूलाई निर्देशन दिएका छन् । अघिल्लो बजेट समाजवाद उन्मुख बनाउन नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, यस पटक भने त्यो बन्ने परिस्थिती तयार भएको छ ।
प्रतिक्रिया दिनुहोस्