अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पहिलो विधेयक पारित गर्न डेढ वर्ष लगायो

काठमाडौँ, १८ जेष्ठ। प्रतिनिधिसभाको झन्डै डेढ वर्ष समयमा यस अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पहिलो विधेयकका रूपमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ पारित गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले सो विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ ।

राष्ट्रियसभाबाट पारित भएर आएको यो विधेयकमाथि ५ वटा बैठकमा दफावार छलफल भएको हो । यो विधेयकमा राष्ट्रिय महत्वका कागजात नेपाल बाहिर लैजान नपाउने, त्यस्ता कागजात नेपाल बाहिर लानुपर्ने अवस्थामा मन्त्री परिषद्को स्वीकृत लिनुपर्ने लगायतका व्यवस्थाहरू रहेका छन् ।

विधेयकमाथि सांसदहरू रघुजी पन्त, हेमराज राई, सुमना श्रेष्ठ, प्रेम सुवाल र प्रेमबहादुर महर्जनले संशोधन राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्