कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामा पक्राउ

काठमाडौँ, १८ जेष्ठ। कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामालाई प्रहरीले पक्राउ गरेको छ । लामा पशुपति सेभिङ्ग एण्ड क्रेडिटको समेत सञ्चालक हुन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । लामा सहितको समूहले कान्तिपुर पशुपति सेभिङ्गको ८ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोप उनलाक्षर्् लागेको छ ।

कान्तिपुरका वर्तमान अध्यक्ष हिमाल विक्रम मल्ल यसअघि नै पक्राउ गरेका थिए । २०८० फागुनमा मल्ललाई प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरेर मुद्दा चलाई सकेको छ , । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटको सञ्चालक समितिका सञ्चालकहरु विरुद्ध अहिलेसम्म ३५० भन्दा धेरै बचतकर्ताले जाहेरी दिएका छन् । पछिल्लो समय धेरै सहकारीहरु अएको पछि अर्काे गरि समस्याग्रस्त हुँदै गएको छ । अधिबकांश सञ्चालकहरुले सहकारीको रकम अपचलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्