सरकारले गर्‍यो तीन सचिवको सरुवा

काठमाडौं,१७ जेठ । सरकारले तीन जना सचिवको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मधुसुदन बुर्लाकोटी, विनोदप्रकाश सिंह र हरि मैनाली गरि तीन जना सचिवको मन्त्रालय हेरफेर गरेको हो ।

मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या प्रशासन हेर्ने सचिव मधुसुदन बुर्लाकोटीलाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरेको छ ।
प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव विनोदप्रकाश सिंहलाई महालेखा नियन्त्रकको कार्यालयमा र महालेखा नियन्त्रकको कार्यालयका सचिव हरि मैनालीलाई जनसंख्या सचिवमा सरुवा गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्