सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओ र शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं,१७ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता दिनेलाई पक्राउ पुर्जी जारी गरिएको छ ।
सिरोहियाको नाममा नागरिकता जारी गर्नेे तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र उनलाई प्रतिलिपि दिने तत्कालिन शाखा अधिकृत काशिराज दाहाललाई जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो ।
सिरोहिया नागरिकता प्रकरणमा ९ दिनको हिरासतपछि हिजो जेठ १६ सिरोहिया हाजिरी जमानीमा छुटेका छन् । आज उनलाई नागरिकता दिनेहरूविरुद्ध कारबाही प्रक्रिया अगाडी बढाइएको छ । यस प्रकरणमा उच्च अधिकारीहरु लाई पक्राउ पुर्जी जारी गरिनुलाई संकाको रुपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्