क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले फेरि अन्तर्वार्तामा बोलाए

काठमाडौं । टी-२० विश्वकप खेल्न अमेरिका जान क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले फेरि अन्तर्वार्तामा बोलाएको छ ।
दिएको भिसा आवेदन अस्वीकार गरेको अमेरिकी दूतावासले फेरि उनलाई दूतावासले बिहीबार अपराह्न लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको हो ।

बलात्कार मुद्दामा हालै उच्च अदालतबाट सफाइ पाएसँगै सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमबाट खेल्न अमेरिका पठाउने प्रक्रिया अघि बढाएको थियो ।

तर दूतावासले अरु खेलाडीको भिसा आवेदन स्वीकार गरे पनि लामिछानेलाई रोक लगाएको थियो । लामिछानेका समर्थकहरुले उनी पनि खेलमा सहभागी बन्न पाउनुपर्ने भन्दै केही दिनयता नाराजुलुस गर्दै आएका छन् ।

बुधबार राप्रपा सांसद ज्ञानेन्द्र शाही, अभियन्ता निकोलस भुसाल लगायतले लामिछानेको भिसाका लागि माइतीघरमा पदर्दन भएको थियो ।
सरकारले पनि कुटनीतिक नोट पठाउँदै उनलाई खेल्ने मौका दिनका लागि अमेरिकासँग भिसाको आग्रह गरेको थियो ।

टी-२० विश्वकप अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुँदैछ, जसका लागि कप्तान रोहित पौडेलसहितको टिम यसअघि नै अमेरिका पुगिसकेको छ ।

दुतावासले भिसा अनुमति दिएमा लामिछानेले तुरुन्तै अमेरिका उड्ने छन् ।

प्रतिक्रिया दिनुहोस्