बिश्वमा तापक्रम बढ्दो, काठमाडौंको ३३ डिग्री अनि दिल्लीमा ५२.९ पुग्यो

काठमाडौं, १७ जेठ । बिश्वभर तापक्रम प्रति बर्ष बढ्दै गर्दा काठमाडौंको अधिकतम तापक्रम ३३ डिग्री पुगेको छ । यति तापक्रम पुग्दा पनि काठमाडौंमा अत्याधिक गर्मी छ भने ५२.९ डिग्रीमा दिल्लीका मानिसको हाल कस्तो होला ।

छिमेकी मुलक भारतमा बुधबार दिल्लीको तापक्रम ५२.९ डिग्री पुगेको मिडिया रिपोर्टमा आएको थियो । यो भारतकै अहिलेसम्मकै उच्च तापक्रम भएको मौशमविदहरुले बताएका छन् ।

भारतको मौसम बिभागले विज्ञप्ति निकालेर मंगेशपुरको तापक्रम ५२ दशमलव ९ डिग्री रेकर्ड हुनुमा सेन्सरको खराबी पनि एउटा कारण हुनसक्ने उल्लेख छ । मौसम विभागले सेन्सर र डाटा जाँच गरिरहेको छ ।

मौसम विभागले यसबारे अनुसन्धान गरिरहेको छ । सेन्सरको खराबीका कारण यस्तो भएको हुन सक्छ वा तापक्रम बढ्नुको कारण स्थानीय तत्व पनि हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्