साँगामा सात वटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना, २ जना घाइते
काठमाडौं,१६ जेठ । काभ्रेपलाञ्चोक जिल्लाको साँगामा सात वटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । साँगाबाट बनेपा गइरहेका सवारी ठोक्किएका हुन् । सो दुर्घटनामा परी २ जना घाइते भएका छन् ।
दुर्घटनामा परि मोटरसाइकल र स्कुटर चालक घाइते भएका हुन् । हाल घाइतेहरुको उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ ।
साँगाको पुतली घर रिसोर्टको छेवैमा उक्त दुर्घटना भएको हो । पहिले, तिव्र गतिमा बनेपा गइरहेको मालवाहक ट्रकले कारलाई ठक्कर दिएको थियो । त्यसपछि सोही गतिमा गइरहेका सवारी एकआपसमा ठाक्किएका हुन् ।
त्यसैगरी, अन्य सवारीले ठक्कर दिएर मोटरसाइकल र स्कुटर रोकिएको एक ट्याङ्करमा गएर ठोक्किएको थियो । दुर्घटना स्थलमा एक मोटरसाइकल, एक स्कुटर, २ कार, १ बोलेरो गाडी र एक मालवाहक ट्रक दुर्घटना भएका छन् ।
प्रतिक्रिया दिनुहोस्