प्रभु बैंक र स्वावलम्बन लघुवित्तको संस्थापक सेयर लिलामी बिक्री खुला
काठमाडौं,१६ जेठ । प्रभु बैंक र स्वावलम्बन लघुवित्तको आजदेखि संस्थापक सेयर लिलामी बिक्री खुला भएको छ ।
जसमा प्रभु बैंकको ६१ हजार ६६२ कित्ता सेयर रहेको छ । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
त्यसैगरि, स्वावलम्बन लघुवित्तको १६ हजार ५२८ कित्ता संस्थापक सेयर पनि लिलामीमा ल्याएको छ । यसमा न्यूनतम २५० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
दुवै कम्पनीको लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघ सस्था तथा इच्छुक सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । लिलामी आवेदन असार १८ गते अपरान्ह ३.०० भित्र लक्ष्मी सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पेश गर्नु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्