अभियान लघुवित्तले बोलायो साधारण सभा
काठमाडौं,१६ जेठ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा ताम्राकार पार्टी भेन्यु, पनौती न.पा वडा -४, काभ्रेपलाञ्चोकमा बिहान ११.०० बजेदेखि सुरु हुनेछ ।
लघुवित्तले लाभांश सम्बन्धी प्रस्ताव छैन । सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
सभा प्रयोजनार्थ कम्पनीले जेठ २१ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ जेठ २० गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्