दलतन्त्र, नेतातन्त्र, नोकरशाहीतन्त्र, पुँजीतन्त्र र लुटतन्त्रले गणतन्त्र नै धरापमाः जसपा अध्यक्ष उपेन्द्र
काठमाडौं, १५ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको बताएका छन् । १७ औँ गणतन्त्रको अवसरमा शुभकामना दिँदै अध्यक्ष यादवले संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा परेका हुनाले संघीयता, लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समतामूलक सम्पन्नताको लागि संघर्ष गर्न आह्वान गरेका हुन् ।
उनले भनेका छन्, ‘गणतन्त्र, जनताको तन्त्र अथवा जनताको राज्य हो । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । तर यहाँ गणतन्त्रको स्थान दलतन्त्र, नेतातन्त्र, नोकरशाहीतन्त्र, पुँजीतन्त्र र लुटतन्त्रले लिएको छ ।’
संघीयताको स्थान केन्द्रतन्त्र, स्वेच्छाचारीतन्त्र र परतन्त्रतले लिएको बताउँदै उनले गणन्त्रलाई संस्थागत गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्