युनाइटेड अजोड इन्स्योरेन्सको बोलायो विशेष साधारण सभा
इन्स्योरेन्सले,१५ जेठ । युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । सभा आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, टंगालमा बिहान साढे १० बजे शुरु हुने छ ।
सभाले चुक्ता पूँजीको १५ प्रतिशत अर्थात हाल कायम १०० कित्ता बराबर १५ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसका साथै सभाले चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
विशेष साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सले जेठ २५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको हो । जस अनुसार जेठ २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यस विशेष साधारण सभामा भाग लिन पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्