छिमेक लघुवित्तको १७ हजार ५०० कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले १७ हजार ५०० कित्ता संस्थापक शेयर सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको छ । यस अघि कम्पनीले यी शेयर बिक्रीका लागि चैत ६ गते ३५ दिने सूचना जारी गरेको थियो ।

सो समयमा विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले यी शेयर बिक्री खुला गरेको थियो । विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री हुन नसकेपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६०० रूपैयाँ तोकिएको छ ।

तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी इच्छुक खरीदकर्ताहरूले आगामी १५ दिनभित्र निवेदन पेश गर्न कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । शेयरको खरिदको लागि आवेदन कम्पनीको केन्द्रिय कार्यालय मध्यबानेश्वर, काठमाडौंमा पेश गर्नुपर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्