इजरायली सेनाको आक्रमणमा परि प्यालेस्टाइनको दुई स्थानमा ठूलो धनजनको क्षति, करिब २०५ जना मानिस मारिए

काठमाडौं,१४ जेठ । इजरायली सेनाले रफाहको विस्थापित मानिसहरूको बस्ने सुरक्षित टेन्ट शिविरमा बमबारी गरेको छ । जसमा ४५ प्यालेस्टाइनीहरू मारिएका छन् । सो बमबारीमा अधिकांश महिला र बालबालिकाहरू परेका छन् । यस आक्रमणले अन्तर्राष्ट्रिय आक्रोश पैदा गरेको छ, जसले युद्धविरामको हुनेमा संका पैदा गरेको छ ।

ताल अस-सुल्तानको शिविरमा इजरायली सेनाले जबलिया, नुसेरात र गाजा सहरलगायत अन्य क्षेत्रहरू बाट विस्थापित भइ आएका प्यालेस्टिनीहरूको आश्रयस्थलमा बमबारी गरेपछि भएको थियो । प्यालेस्टिनी अधिकारीहरूका अनुसार यस शिविरमा कम्तिमा १६० जना मारिए छन् ।

त्यस्तै, विश्वभरबाट यस घटनालाई लिएर ब्यापक बिरोध भएपछि इजरायलका शीर्ष सैन्य अभियोजकले रफाह हमलालाई धेरै गम्भीर भनेर वर्णन गर्दै अनुसन्धान भइरहेको बताए । यसअघि इजरायली सेनाले हमासका लडाकुहरूलाई निशाना बनाएर आक्रमण भएको पुष्टि गरेको थियो ।

अक्टोबर ७ देखि गाजामा इजरायलको युद्धमा कम्तिमा ३६,०५० प्यालेस्टाइनी मारिएका छन् र ८१,0२६ भन्दा बढी व्यक्ति घाइते भएका छन्। त्यस मितिमा हमासको हमलामा इजरायलमा मर्नेको संख्या १,१३९ छ, दर्जनौं अझै बन्दी छन्।

प्रतिक्रिया दिनुहोस्