मानव बेचबिखन न्यूनीकरण गर्नुपर्नेमा जोड

काठमाडौं, जेठ १४। मानव बेचबिखन तथा ओसारपोसार अपराधजन्य कार्य भएकाले यसलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिइएको छ।

मानव बेचबिखन विरुद्ध काम गर्दै आएको शक्ति नेपालद्वारा आयोजित कार्यक्रममा सहभागी बक्ताहरुले मानव वेचविखनको विरुद्धमा राज्यका सबै पक्ष सशक्त भएर उभिनुपर्ने बताइएको हो।

शक्ति समूहकी अध्यक्ष चरिमाया तामाङले पछिल्लो समय मानव बेचविखन तथा ओसारपोसारमा प्रकृति फरक हुँदै गएको
त्यसमा आफन्त, इष्टमित्रको संलग्नता पाइएकाले विकराल अवस्था अएकाले सचेत हुनुपर्ने औँल्याउनुभयो।

सोही संस्थाकी कार्यकारी निर्देशक बालकुमारी दर्लामीले विश्वमै ठूलो अपराधका रुपमा रहेको ह्यूमन ट्राफिकिङ नेपाल जस्तो अल्पविकसित मुलुकमा हुने बेरोजगारी समस्याका कारण बाह्य मूलुकमा रोजगारीको प्रलोभन देखाई बेचिने अवस्था रहेको बताउनुभयो। उहाँले वैदेशिक मुलुकमा रोजगारको प्रलोभनमा भिजिट भिसामा दुबई तथा खाडी पुर्याउने र बेचिने गरेको तथा पछिल्लो समय अफ्रिकन मुलुकमा समेत बेचिनेको संख्या बढ्दै गएको र अपराधमा संलग्नलाई कारबाही गर्न न्यायिक प्रणाली झन्झटिलो हुने गरेको बताउनुभयो।

नेपाल प्रेसका अध्यक्ष तथा सम्पादक मातृका पौडेलले रुस र युक्रेन युद्धमा समेत नेपालीलाई विभिन्न प्रलोभनमा पारेर रुस पुर्याइएको विषय पनि मानव वेचविखन भएको बताउदै मानव वेचविखनको विरुद्धमा राज्यका सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

शक्ति समूहले मानव बेचविखनको न्यूनीकरणका लागि आफ्ना अभियानहरु संचालन गरी पीडितलाई सामाजिक न्याय र आर्थिक सशक्तिकरणका लागि कृयाशिल रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्