आइएमई लाइफको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं,१३ जेठ । नेपाल स्टक एक्सचेन्जमा आइएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीले सेयरधनीलाई प्रस्ताव गरेको २५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ ।

आइतबारको अन्तिम कारोबार मूल्य ५६० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य ४४८ रुपैयाँ कायम भएको छ । यहि मूल्यलाई आधार मानेर सोमबार कारोबार खुला हुनेछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्