नेपाली कांग्रेसको सहकारी ठगि र सरकारले देखाएको रवैया विरुद्ध काठमाडौंमा प्रदर्शन
काठमाडौं, १३ जेष्ठ। नेपाली कांग्रेसले सहकारी ठगि र संसदमा सरकारले देखाएको रवैया विरुद्ध आइतबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन, सहकारीको वचत फिर्ता लगायतका विभिन्न माग राखेर कांग्रेसले काठमाडौंको प्रदर्शनीमार्गस्थित सडकमा प्रदर्शन गरेको हो ।
प्रदर्शनी मार्गमा भेला हुनुअघि कांग्रेसका नेता कार्यकर्ताले प्रदर्शनीमार्ग नजिकका विभिन्न ठाउँबाट र्याली निकालेका थिए । कांग्रेसले सहकारीको वचत रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिनको माग राखेको छ ।
त्यस्तै गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्दा कांग्रेस नेताहरुमाथि विभिन्न आरोप लगाएको भन्दै ती विषयमा छानबिन गर्न पनि कांग्रेसले माग गरेको छ ।
प्रदर्शनमा कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, रमेश लेखकलगायतका नेताहरु सहभागी भएका छन् । उनीहरुले आन्दोलनको सम्बोधन गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्