रसुवागढी हाइड्रोपावरले लाभांश नदिने, असार ११ मा बोलायो साधारण सभा

काठमाडौं, १३ जेष्ठ । रसुवागढी हाइड्रोपावरले एकैसाथ २ आर्थिक वर्षको वार्षिक साधारण सभा बोलाएको छ । सभा असार ११ गते कुण्डलिनी दरबार ब्यांकेट चन्डोल, काठमाडौं हुनेछ ।

सभामा आर्थिक वर्ष २०७८/०७९ र २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभाले स्वतन्त्र समूहबाट प्रतिनिधित्व गर्ने १ जना महिलासहित ४ जना सञ्चालक नियुक्ति गर्नेछ । साथै, स्वतन्त्र सञ्चालक २ जना निवाचन गर्नेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

कम्पनीले सभा प्रयोजनका लागि जेठ २३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, चैत २२ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्