बिपीलाई आर्दश मान्ने स्वर्णिम वाग्लेका दुखेसो, कांग्रेसको विरोध लज्जास्पद र औचित्यहीन
काठमाडौं, १३ जेष्ठ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले बिपी कोइरालाको नाम लिँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई लक्षित गर्दै लज्जास्पद र औचित्यहीन विरोध गरेको भनेपछि सदनमा हो–हल्ला भएको छ।
आइतबारको प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिएका वाग्लेले रोस्टममा पुगेपछि बिपी कोइरालाले स्थापित गरेको मानकलाई आज लज्जास्पद र औचित्यहीन अवस्थामा पुर्याइएको बताएका थिए।
वाग्लेले बिपीको नाम लिएर कांग्रेसले गरिरहेको नाराबाजी र वेल घेराउ लज्जास्पद र औचित्यहीन भन्दै खेद प्रकट गरेका थिए।
बिपीको नाम लिएको भन्दै वेल घेराउ गरिरहेका कांग्रेस सांसदहरूले हो–हल्ला गरेका छन्।
‘यो असहज वातावरणमा यसरी गरिमामय संसदमा उपस्थित भएर बोल्न पर्लाजस्तो मलाई लागेको थिएन,’ उनले भने, ‘६५ वर्षअगाडि नेपाली लोकतान्त्रिक आन्दोलनका धरोहर, हामी सबैका प्रेरणा। मेरा त राजनीतिक आदर्श बिपी कोइरालाले स्थापित गर्नुभएको मानकलाई आज यो अवस्थामा पुर्याउनलाई, यो लज्जास्पद र औचित्यहीन विरोधप्रति मेरो घोर खेद छ।’
उनले यसो भनिरहँदा सभामुख देवराज घिमिरेले विषयमा केन्द्रित हुन आग्रह गरेका थिए।
वाग्लेले सहकारीको समस्या समाधानका लागि केन्द्रित हुनुपर्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस्