प्रधानमन्त्री प्रचण्ड कांग्रेसका सभापति देउवालाई भेट्न बूढानीलकण्ठ पुगे

काठमाडौँ, १३ जेष्ठ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच आइतबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड देउवालाई भेट्न बूढानीलकण्ठस्थित देउवा निवास पुगेका हुन् ।

समय सहकारी ठगीको विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबिच दुरी बढेको अवस्था छ । समिति गठन गर्ने विषयमा दलहरुबिच सहमति भए पनि त्यसको कार्यादेश ९टीओआर० को विषय भने टुंगो लाग्न सकेको छैन ।
शनिबार कार्यादेश टुङ्ग्याउने जिम्मा पाएको कार्यदलले टीओआरमा सहमति नजिक पुगेको जनाएको थियो । कार्यदलमा भएको छलफलपछि टीओआर टुङ्ग्याउने जिम्मा शीर्ष नेताहरूलाई नै दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्