स्ट्राइकर ह्यारी केनले युनाइटेडविरुद्धको खेल गुमाउने

एजेन्सी । ह्यामस्ट्रिङ चोटका कारण टोटनह्यामका स्टार स्ट्राइकर ह्यारी केनले म्यानचेष्टर युनाइटेडविरुद्धको खेल गुमाउने भएका छन् । प्रिमियर लिग अन्र्तगत अघिल्लो साता वेम्बली रंगशालमा लिभरपुललाई ४–१ ले पराजित गरेको खेलमा केनलाई ह्यामस्ट्रिङ समस्या भएको थियो ।

इङ्लिस प्रिमियर लिग अन्र्तगत शनिबार टोटनह्यामले म्यानचेष्टर युनाइटेडको सामना गर्दैछ । खेल ओल्ड ट्राफोर्डमा शनिबार साँझ ५ः१५ बजेपछि शुरु हुनेछ । टोटनह्यामका प्रशिक्षक मोउरिसियो पोचेटिनोले टिमको मनोबल बढाउन केनलाई टिमसँगै प्रशिक्षणमा राखिएको छ । केनको चोटसँगै टोटनह्यामलाई म्यानचेष्टरविरुद्धको महत्वपूर्ण खेलमा असहज हुने अनुमान गरिएको छ ।

केनले यस सिजनमा टोटनह्यामका लागि १२ खेलमा १३ गोल गरिसकेका छन् । प्रिमियर लिगमा नवौं चरणको खेल सकिदा म्यानचेष्टर युनाइटेड २० अंकसहित दोस्रो तथा समान २० अंक नै भएपनि टोटनह्याम गोल अन्तरमा तेस्रो स्थानमा रहेको छ । २५ अंकसहित म्यानचेष्टर सिटी लिगको शीर्ष स्थानमा छ । साविक विजेता चेल्सी १६ अंकसहित चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्