काँग्रेसद्वारा गृहमन्त्रीको अभिव्यक्ति बारे प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं, ११ जेष्ठ। पछिल्लो राजनीतिक अवस्था, संसद गतिरोध अन्त्य र सहकारी संसदीय छानविन समिति लगायत विषयमा प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको छ । सो बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्रीको अभिव्यक्तिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

प्रमुख तीन दलका शीर्ष नेताहरूको शुक्रबार बसेको बैठकमा कांग्रेसले गृहमन्त्री रवि लामिछानेले ६ जेठमा संसद्‌मा दिएको अभिव्यक्तिबारे प्रश्न उठाएका हुन् । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘गृहमन्त्रीजीले सदनभित्र रहेका माननीय र कांग्रेसलाई लाञ्छित गर्नुभएको छ, यसका बारेमा जवाफ चाहन्छौं भनेका छौं ।’

साथै कांग्रेस नेताहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनले बताए । सहकारी संसदीय छानविन समितिको कार्यादेश टुंगो लागेको छैन । यसले गर्दा संसद अवरुद्ध हुँदै  आएको छ ।

प्रतिक्रिया दिनुहोस्