सहकारी प्रकरणमा रास्वपालाई एमालेले र गिरिबन्धुमा एमालेलाई रास्वपाले जोगाउन लागे : विश्व प्रकाश शर्मा

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा कांग्रेसलाई बोल्न नदिएको आरोप लगाएका छन् । शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले शुक्रबारको बैठकमा बोल्न समय माग गरेपनि बोल्न नदिएको र संसद स्वच्छाचारी ढंगले चलाउन खोजिएको आरोप लगाएका छन् ।

उनले सहकारी प्रकरणमा रास्वपालाई एमाले र गिरिबन्धुमा एमालेलाई रास्वपाले जोगाउन खोजिएको तर्क गरे । शर्माले सहकारी प्रकरणमा संसदीय छानविन समिति बन्न नाम किटान नगर्ने हो भने त्यसको कुनै अर्थ नरहने जिकिर गरे ।

मिडिया हाउसका सञ्चालनको नागरिकताको विषयमा उठेको विषयमा सहयोग गर्न तयार छु भन्दा समातेको भन्दै उनले समात्ने निकायमा दुईवटा पारपोर्टको कारण आरोपी व्यक्ति रहेको उल्लेख गरे । सभामुखको छेउमा बस्ने व्यक्तिको पनि दुईवटा नागरिकताको कुरा आए छ । उनलाई किन गिरफ्तार नगरिएको हो यसमा हाम्रो जिज्ञाशा हो छ ।

उनले गिरफ्तार नगरेर पनि मुद्दाको अनुसन्धान गर्न सकिने बताए । उनले गिरिबन्धु प्रकरणमा पनि छानविन समिति बनाउन सुझाव दिए । शर्माले गृहमन्त्रीले आरोप लगाएका कांग्रेसका सबै नेता, परिवार लगाएमाथि छानविन गर्न कांग्रेस तयार रहेको बताए । कांग्रेसले छानविनको लागि ढोका खोलिदिएको छ, जस जसलाई शंका लाग्छ छानविन गरेर देखाउन चुनौती पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्