युनाइटेड अजोड इन्सुरेन्सले हकप्रद सेयर जारी गर्ने

काठमाडौं,११ जेठ । युनाइटेड अजोड इन्सुरेन्स लिमिटेडले हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ ।

इन्स्योरेन्सको जेठ ९ गते बसेको सञ्चालक समिति बैठकले कम्पनीको हालको चुक्ता पूँजिको १५ प्रतिशत अर्थात १००:१५ को अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

नेपाल बिमा प्राधिकरणबाट स्वीकृति भएपछि आगामी वार्षिक साधारण सभामा पेश हुन युनाइटेड अजोड इन्सुरेन्सले हकप्रद सेयर जारी गर्नेछ । सभाबाट पारित भएपछि थप प्रकृया अघि बढ्नेछ ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि यसको पुँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्