राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं, ११ जेष्ठ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाल राष्ट्रपति पौडेललाई भेट्न आज शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट पुगेका हुन् ।

सो भेटमा राष्ट्रपति पौडेलले जारी संसद्को गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। सो अवसरमा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसद्‌मा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए । ुसत्तापक्ष र प्रतिपक्षबिच कुरा नमिल्दा संसद अबरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्