टीओआरमा सहमति जुटाउन गठित कार्यदलको बैठक जारी
, काठमाडौं,११ जेष्ठ । सदीय समितिको कार्यादेश ९टीओआर०मा सहमति जुटाउन गठित कार्यदलको बैठक जारी छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको सहकारी संस्थाको बचत रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश ९टीओआर०मा सहमति जुटाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक आज बिहान ८ बजे बस्ने तयारी छ ।
हिजो बैठकमा कार्यदलका सदस्यहरुबीच छलफल भए पनि सहमति नजुटेकाले शीर्ष नेताहरुको परामर्शपछि आज बिहान पुनः बैठक बस्न लागेको हो ।
हिजोको बैठकमा सत्ता पक्ष एमाले र रास्वपाले सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सानो पाइला लगायतका सहकारीको नाम उल्लेख गर्ने तर उपप्रधानमन्त्री रवि लामिछानेको नाम उल्लेख नगर्ने प्रस्ताव गरेका थिए । यो प्रस्तावमा कांग्रेस लचक भएको र शीर्ष नेताहरुसँग छलफल गरेर पुनः बैठक बस्ने सहमति अनुसार शुक्रबार बिहान बैठक बस्न लागेको एमाले नेता महेश बर्तौलाले जानकारी दिए ।्
कार्यदलमा रहेका नेपाली कांग्रेसका सांसद जीवन परियारका अनुसार सत्तापक्षले गृहमन्त्रीको नाम नराखीकन पनि छानबिनको दायरा फराकिलो बनाउन सकिन्छ भन्ने प्रस्ताव गरेको भन्दै गोलमटोल भाषाले छानबिन अगाडि बढ्न नसक्ने बताएका थिए ।
झण्डै दुई महिना लामो विवाद र संसदमा निरन्तरको अवरोधपछि ५ जेठमा प्रमुख दलका शीर्ष नेताहरुले संसदीय छानबिन समितिको कार्यादेश बनाउन कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल बनाएका थिए । कार्यदलमा एमाले प्रमुख सचेतक बर्तौला, कांग्रेस सहमहामन्त्री परियार र रास्वपा सांसद शिशिर खनाल छन् । कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की पनि कार्यदलको बैठकमा नियमित सहभागी हुँदै आएका छन् ।
कार्यदलको बैठक दिनहुँजसो बस्दै आए पनि संसदीय समितिको कार्यादेशमा सहमति जुट्न सकेको छैन ।
आज संसदीय समितिको कार्यादेश टुंगो लगाएर सहज ढंगले संसद बैठक सन्चालन गर्ने तयारी सत्ता पक्षको छ । आजको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची छ । सहमती भ्रएमा संसद सुचार सहज होला, सहमती नभएमा काँग्रेसको अवरोध यथावत हुनेछ ।
प्रतिक्रिया दिनुहोस्