कार्यादेश टुंगो लगाउन बसको बैठक आज पनि बिना निष्कर्ष, बैठक शुक्रबार बिहान ८ः३० बजे
काठमाडौं, १० जेष्ठ । सहकारीको रकम हिनामिना र अपचलनको लागि गठन गगरिएको संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन बसको बैठकआज पनि बिना निष्कर्ष सकिएको छ । सरहकारी रकम हिनामिना र अपचलन सम्बन्धी गठन गर्ने भनिएको संसदीय छानबिन समितिका लागि कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्षविहीन भएको छलफल गरेता पनि बिहीबार सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसेको बैठकमा सहमति जुट्न नसकेपछि निष्कर्षविहीन भएको हो ।
बैठक शुक्रबार बिहान ८ः३० बजे फेरि बस्ने कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिए । शुक्रबार बिहान बस्ने बैठकमा सहमति गरेर ११ बजे संसद् बैठक खुलाउने प्रयास हुने उनले बताए ।
बैठकमा सत्ता पक्ष सहकारीको नाम राख्न सहमत भए पनि रवि लामिछानेको नाममा असहमति भएको बर्तौलाले बताए । यसले गर्दा आजको बैठक पनि बिना निष्कर्ष टुंगिएको छ । यसले गर्दा भोलिको संसद पनि अवरुद्ध हुने संभवना छ ।
प्रतिक्रिया दिनुहोस्