कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक बस्दै
, काठमाडौं, ९ जेष्ठ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक डाकेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीले जनाउको छ ।
नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग राखेर संसद अवरुद्ध गर्दै आएको छ । महासमिति बैठकले गेरेका निर्णयलाई अनुमोधन गर्न र पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुने छ ।
प्रतिक्रिया दिनुहोस्