कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेकोप्रति सिंगो पेसजगत नै सामूहिक प्रतिरोध

, काठमाडौं, ९ जेष्ठ। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेकोप्रति सिंगो पेसजगत नै यस शंशंकित

 सामूहिक प्रतिरोध बनेको छ । समाचार लेखेकै भरमागृहमन्त्रीले प्रतिशोध र बदनियत राखेर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको भन्दै सञ्चारमाध्यमहरुले सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध जनाएका छन् ।

आज प्रकाशन हुने सबैजसो दैनिक पत्रिकाले विशेष सम्पादकीयको स्थानमा कालो पोतेर ‘तथ्य डग्दैन, कलम झुक्दैन’ शीर्षकको एक वाक्यको सम्पादकीय लेखेका छन् ।

स्वतन्त्र प्रेसमाथि आक्रमण हुँदा यसरी विरोध जनाउने विश्वव्यापी प्रचलन र मान्यता हो । नयाँ पत्रिका, नागरिक र कारोबार दैनिक बाहेकका पत्रपत्रिकाले यो सामूहिक जनाएको छ ।

सिरोहिया पक्राउ पछि मिडिया सञ्चालकहरुको संस्था नेपाल मिडिया सोसाइटी र मिडिया अलाइन्सले सामूहिक बिरोध जनाउने निर्णय गरेको थियो । सोही आधारमा आजका मुख्य दैनिक पत्रिकाहरुले कालो पोतेर विरोध जनाएका हुन् ।

दोहोरो नागरिकता प्रयोग गरेको आरोपमा प्रहरीले सिरोहियालाई मंगलबार पक्राउ गरी जनकपुर लगेको छ । सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको विषयमा कान्तिपुरले निरन्तर समाचार प्रकाशन गरेपछि त्यसकै आधारमा वा समाचार लेखेकै प्रतिशोधमा सरकारले कान्तिपुरमाथि आक्रमण गरेको मिडिया सञ्चालकहरुको भनाइ छ । यसप्रति मानवअधिारकर्मी, कानूनविद, अधिकारकर्मी , ाजनीतिक पार्टील समेत विरोध गर्दै प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथी नै प्रहार भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्