आरएसडीसी लघुवित्तको सेयर संरचना परिवर्तन
काठमाडौं,७ जेठ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको सेयर संरचना परिवर्तन भएको छ । परिवर्तित संरचना अनुसार संस्थापक तर्फ ५१ र सर्वसाधारण समूह तर्फ ४९ प्रतिशत कायम भएको हो ।
यसअघि संस्थापक र सर्वसाधारणको सेयर संरचना अनुपात ७० र ३० प्रतिशत थियो । हाल यस संस्थाको कुल ९४ लाख ४३ हजार ५१०.६५ कित्ता सेयर नेप्सेमा सूचीकृत छ ।
अब संस्थापक समूहको सेयर हिस्सा ४८ लाख १६ हजार १९०.४३ र सर्वसाधारणको ४६ लाख २७ हजार ३२०.२२ कायम भएको नेप्सेको पत्रमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्