नेप्सेमा थपियो अरुण भ्याली हाइडोपावरको १ करोड ८६ लाख कित्ता शेयर
काठमाडौं,७ जेठ । नेप्सेमा अरुण भ्याली हाइडोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर सूचिकृत भएको छ ।
आज यस कम्पनीको शतप्रतिशत शेयर बराबर १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि उक्त शेयर खरिदविक्री गर्न सकिनेछ नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्