सरकारको रवैयाप्रति कांग्रेसको आपत्ति छः नेता खतिवडा

काठमाडौं, ७ जेष्ठ ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सरकारले विपक्षीको विरोधका बाजजुत पनि विश्वासको मत लिएर जुन रवैया देखाएको छ त्यसप्रति घोर आपत्ति छ । प्रतिनिधिसभाको बैठक स्थगितपछि निस्कने क्रममा पत्रकारहरुसँग कुरा गर्दै नेता खतिवडाले भने– सरकारको अर्को अभिन्न अंग विपक्षी दल पनि हो । तर विपक्षीलाई नै पेलेर जुन किसिमको व्यवहार देखायो त्यसले संसदीय अभ्यासलाई नै लज्जित तुल्याएको छ । पेलेरै जाने मनस्थिति अनुसार विपक्षीलाई ख्याले नगरी समस्याको समाधान नै नखोजी वेल घेराउ गरेर जसरी विश्वासको मत लिएका छन त्यसले हामीलाई एकपल्ट फेरी झस्काएको छ ।

हामी त सहकारीको समस्या समाधान होस् र अनि प्रधानमन्त्रीले विश्वासको मत लिनुहोस भन्ने ठानेका थियौ । तर यहाँ त सहकारी समस्याको समाधानको साटो उल्टो विश्वासका मत दिने समय अहिले नै राखेर जर्वरस्ती भिडन्तको स्थिति निम्त्याएको देखियो । यसले गर्दा नेपाली काग्रेस र समग्र प्रजातन्त्रमा विश्वास राख्ने जो कोहीलाई पनि एकपल्ट फेरी सोच्न बाध्य बनाएको छ । कतै सरकार निरंकुश हुन खोजेको छ होइन ? भनेर ।

प्रतिक्रिया दिनुहोस्