प्रतिनिधि सभाको आजको बैठक सुरू, कांग्रेस सांसदहरू उठेर विरोध र नाराबाजी
काठमाडौं, ७ जेष्ठ । प्रतिनिधि सभाको आजको बैठक सुरू भएको छ।
सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले विश्वासको मत लिने तयारी गरेका छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।
सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएकोले संसदीय समिति बनाउनुपर्ने कांग्रेसको भनाइ छ।
सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसदहरू उठेर विरोध गरेका छन्। उनीहरूले सहकारी ठग गर्नेलाई कारबाही गर्न माग गरेका छन्।
कांग्रेस सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्