गृहमन्त्री लामिछाने बोलेपछि: कांग्रेसका महामन्त्री गगन थापाले पत्रकार सम्मेलन गर्ने

काठमाडौँ, ६ जेष्ठ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पत्रकार सम्मेलन गर्ने भएका छन्। संघीय संसद भवनको ल्होत्से हलमा थापाले आइतबार बेलुकी पत्रकार सम्मेलन राखेका हुन्। गृह मन्त्री रबि लामिछाने बोलेर सकेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरू बसेको ठाउँबाट उठेका थिए।

बोल्न पाउनुपर्ने उनीहरूको माग थियो। तर सभामुख घिमिरेले आज शुन्य समयको कार्यक्रम नरहेको जानकारी गराए। सभामुख घिमिरेले सोमबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्। गृह मन्त्री रबि लामिछानेले लगाएको अरोपका बारेमा पनि प्रष्ट पार्ने छन् ।

प्रतिक्रिया दिनुहोस्