प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि कांग्रेसका शीर्ष नेताहरू बालुवाटारमा
काठमाडौं, ५ जेष्ठ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पछिल्लो राजनीतिक अवस्था र संसदको गतिरोध अन्त्य बारेमा छलफलका लागि नेपाली कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवासहित नेताहरू पूर्णबहादुर खड्का, गगन थाप र रमेश लेखक बालुवाटार पुगेका हुन् ।
सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्ने विषयले चर्को रुप लिएपछि कांग्रेसले प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न यो बैठक महत्वपूर्ण रुपमा हेरीएको छ । छानबिन समिति गठन हुननसक्दा संसद सञ्चालन हुन सकेको छैन । सोही विषयमा बिहीबार संसदमा धकेलाधकेलसमेत भएको थियो । यो बैठकपछि सभामुख देवराज घिमिरेसँग पनि छलफल हुनेछ ।
पछिल्लो समय सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी बढिरहेको छ । शुक्रबार नै कांग्रेस नेताहरूले प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्ने तयारी गरेपनि प्रधानमन्त्री जाँद चेकका लागि अस्पताल गएका कारणले आज भएको हो ।
प्रतिक्रिया दिनुहोस्