काठमाडौँ–तराई–मधेस द्रुतमार्ग अन्तर्गत लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु

काठमाडौं, ४ जेठ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु भएको छ ।

प्याकेज नं.२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये १ हजार ६३३ मिटर लम्बाइ रहेको सुरुङमार्गको शुक्रबार ब्रेक थ्रु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

द्रुतमार्गको निर्माणाधीन सुरुङमार्गहरु मध्ये निकट भविष्यमा दुवैतर्फको सुरुङमार्गको एक विशेष कार्यक्रमसहित ब्रेक थ्रु गर्ने सेनाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्