आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा
काठमाडौं, ४ जेष्ठ । आइएमई लाइफ इन्स्योरेन्सले गत आ.व. को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।
इन्स्योरेन्सले जेठ २८ गते, सोमबार, आम्रपाली ब्याङ्कवेट क्याटरिङ्ग एण्ड इभेन्ट प्रा।लि। भाटभटेनी, नक्साल, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको हो ।
सभाले हाल रहेको चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १।३१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रताव पारित गर्नेछ । त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुबाट गरिएको सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि इन्स्योरेन्सले जेठ १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस कम्पनीको शेयरधनि बन्न जेठ १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया दिनुहोस्