अब संसदीय समिति बन्दैन: रास्वपा सहप्रवक्ता झा

काठमाडौं, ्३ जेष्ठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब संसदीय समिति नबन्ने बताएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनुपर्ने र सबै सहकारीको समस्यालाई हेर्ने गरी आफूहरु संसदीय समिति गठन गर्न तयार हुँदा पनि सहमति हुन नसकेको भन्दै रास्वपा सहप्रवक्ता मनिष झाले अब समिति नबन्ने ठोकुवा गरेका हुन् ।

संसद बैठकपछि उनले भने, अब समिति त्यो बेलामा मात्र बन्छ, जब कांग्रेस आफ्ना पदाधिकारीहरुको फाइल खोल्न तयार हुन्छ ।’ कांग्रेस सभापति देउवाका साथै उनका श्रीमती र छोराको पनि छानबिन गर्नुपर्ने उनले बताए । यसले गर्दा सत्तारुढ र प्रतिपक्षबिच मुडभेडको अवस्थामा आएको छ । संसद अनीर्णण्को बन्दी बनेको छ ।

प्रतिक्रिया दिनुहोस्