सांसदहरुबीच धकेलाधकेल, आरोप प्रत्यारोप, मुडभेडतिर सांसदहरु

काठमाडौं, ३ जेष्ठ । प्रतिनिधिसभा बैठकमा सत्तापक्ष नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको छ ।

सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि विवाद भएको हो ।

सभामुखले गृहमन्त्रीलाई समय दिँदा कांग्रेस सांसदहरुले वेल घेराउ गरिरहेका थिए । त्यही बेला सत्तारुढ सांसदहरु उठेर गृहमन्त्रीलाई बोल्न दिनुपर्ने माग गरे ।

कांग्रेस सांसदहरु गृहमन्त्री रोष्ट्रम जाने बाटो छेक्न उनको कुर्सी नजिकै पुगेर नाराबाजी गर्न थाले । त्यही बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अरु सांसदहरुले लामिछानेलाई रोष्ट्रममा जान आग्रह गरे ।

एमाले अध्यक्ष ओलीले नाराबाजी गरिरहेका कांग्रेस उपसभापति धनराज गुरुङलाई केही भनेको भिडियोमा देखिन्छ । गृहमन्त्रीतर्फ फर्केर नाराबाजी गरिरहेका गुरुङ त्यसपछि ओलीतिर फर्केर नाराबाजी गर्छन् ।

त्यस क्रममा एमालेका सांसदहरु पनि वेलमा आएर कांग्रेस सांसदहरुसँग धकेलाधकेल गर्दै गृहमन्त्रीलाई रोष्ट्रम जाने बाटो खाली गराउन खोज्छन् ।

सत्तापक्ष र विपक्षी सांसदहरुबीच धकेलाधकेल सुरु भएपछि सभामुख घिमिरेले गृहमन्त्री लामिछानेलाई आसन ग्रहण गर्न आग्रह गरे र संसद बैठक स्थगित गरे ।

एमाले सांसद रघुजी पन्तले विपक्षी सांसदहरुले दुर्व्यवहार गर्न खोजेको आरोप लगाए । ‘ओलीजीले गृहमन्त्रीलाई बोल्न दिनुस् भन्दा झम्टिन जाने हो रु’ संसद बैठकपछि सांसद पन्तले भने, ‘मन्त्री भइसकेको मान्छे झम्टिन जाने हो ? यसले गर्दा संसद मुडभेडतिर गएको छ ।

प्रतिक्रिया दिनुहोस्