बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले दियो सफाई

काठमाडौं,२ जेठ । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् । उनी लामो समयदेखि फैसलाको प्रतिक्षा रहेको थिए ।

उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।

जिल्ला अदालत काठमाडौंले १३ पुस, २०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो । सो फैसला विरुद्य उनी पुनरावेदनको लागि उच्च अदालत, पाटन गएका थिए ।

प्रतिक्रिया दिनुहोस्