अरुण भ्याली हाइड्रोपावर लिलामी सेयर बाँडफाँट

काठमाडौं,२ जेष्ठ । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा राखेकोे सेयर बाँडफाँट भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको १९ लाख ९२ हजार ६५७ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो ।

सो लिलामी सेयर मंगलबार (जेठ २ गते) बाँडफाँट गरिएको हो । जसमा न्यूनतम १४३ रुपैयाँ ५० पैसा (कट अफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् । यसअघि कम्पनीले गत फागुन १७ देखि चैत ७ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो ।

उक्त अवधिमा कम्पनीले बिक्री नभई बाँकी रहेको सेयर कम्पनीले लिलामीमा ल्याएको हो । कम्पनीले लिलामी सेयर भर्दा बाँडफाँटमा नपरेको रकम भोली बिहीबार जेठ ३ गतेबाट फिर्ता दिन सुरु गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्