मनकामना स्मार्ट लघुवित्तको नोक्सानी झन बढ्यो

काठमाडौं,१ जेष्ठ । मनकामना स्मार्ट लघुवित्तको चालु आ.व.को तेस्रो त्रैमाससम्म १ करोड ९ लाख ९३ हजार रुपैयाँ नोक्सानमा रहेको छ ।

गत वर्ष यसै त्रैमासमा पनि कम्पनी ४२ लाख ५२ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । यस अवधिमा खुद ब्याज आम्दानी घट्नु र सञ्चालन घाटामा हुनु तथा खराब कर्जा बढेकाले यसको नोक्सान बढेको हो ।

लघुवित्तको खुद ब्याज आम्दानी ३३.४७% ले घटेर २ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ । तेस्रो त्रैमासम्म आइपुग्दा कम्पनी ५ करोड २१ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहेको छ । यो अवधिमा खराब कर्जा पनि बढेको छ । खराब कर्जा ११.९५% बाट बढेर १३.५६% मा पुगेको छ । त्यस्तै, प्रतिसेयर आम्दानी ७ रुपैयाँ ४ पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ३९ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्