प्रहरीले जीबी राईको राहदानी रद्द गर्न पत्राचार गयो

काठमाडौं, १ जेष्ठ। सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईको राहदानी रद्द गर्न प्रहरीले पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार गरेको हो ।

जीबी राईको नाममा जारी राहदानी रद्द गर्न पत्राचार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एकजना अधिकृतले बताए । उनले भने, ‘यहाँबाट राहदानी विभागमा लेखेर पठाइएको छ ।’

उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’बाट डिफ्युजन र रेड नोटिश जारी भएको छ । १३ माघमा उनीविरुद्ध डिफ्युजन नोटिश जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्