प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका नेताहरुको सम्वाद सुरु

काठमाडौं, १ जेष्ठ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले र नेपाली कांग्रेसका नेताहरुसँग सम्वाद सुरु भएको छ । संसदको गतिरोध अन्त्यको प्रयासका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले र नेपाली कांग्रेसका नेताहरुसँग सम्वाद गरेका हुन् ।

उनले आज बिहानै महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरुलाई बालुवाटारस्थित निवासमा बोलाएर छलफल गरिरहेका छन् ।

अज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री प्रचण्ड छन् । सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ । अआफ्ना माग सम्बोधन नभए राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि अवरोध हुनसक्ने चेतावनी कांग्रेसले दिएको छ ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभा. को संयुक्त आज दिउँसो ३ बजे बस्दैछ । उक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ ।

त्यो बैठकमा कसरी प्रस्तुत हुने भनेर तय गर्न कांग्रेस संसदीय दलको बैठक मंगलबार बिहान ९ बजे बस्दैछ । त्यसअघि कांग्रेस नेताहरु प्रधानमन्त्री प्रचण्डसँग छलफलमा बसेका हुन् । यो वार्ता सहमती नभएमा आज पनि काँग्रेसदे संसद अवद्ध गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्